थ्री नेसन्स कप : भुटानलाई हराउँदै फाइनल पुग्ने सोचमा नेपाल

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ । 

प्रतियोगितामा नेपाल नेपाल लगातार दोस्रो जित निकाल्दै फाइनलको यात्रा गर्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । सो खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । 

भुटान भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा लाओससँग २–१ ले पराजित भयो । पहिलो खेलमा हार बेहोरे पनि भुटानले फाइनलको सम्भावना जीवितै राखेको छ ।

यदि आज नेपाललाई २–० गोल अन्तरले हराएमा ऊ फाइनलको यात्रा गर्नसक्छ । यद्यपि हालसम्म भुटानले नेपाललाई हराउन सकेको छैन । ​

पछिल्लोपटक भुटान र नेपालले सन् २०१९ मा भएको १३ औँ दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगिताको फाइनलमा नेपालले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । 

यसपटक भुटान नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै पुनरागमन गर्ने सोचमा छ । सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको उत्कृष्ट दुई टोलीले यही १७ चैतमा फाइनल खेल्नेछन् ।  



प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ५ हजार र दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । 



  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ७:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया