उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा उम्मेदवारी दिने निर्णय गरेको हो ।    

बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमान्डर पनि तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमान्डर तोकिएको हो । कमान्डरहरूले आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने श्रेष्ठले जानकारी दिए । 

उपनिर्वाचनका लागि २० चैतमा मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै, पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ७:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया