प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एकीकृत समाजवादीका शीर्ष नेता
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । 

अध्यक्ष नेपालसहित नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीले गृहसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले भने नेकपा एसलाई गृहबाहेकका दुईवटा मन्त्रालय दिने तयारी गरेका छन् ।  

६ पुसमा दोस्रोपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन् ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ११:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया