कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो । 

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपमा परेर केही सामान्य घाइते भएको बताइएको छ । यही ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किँदै गएको छ ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १५:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया