ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो महांकाल बुखेल रातोपहिरोस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परहेको हो ।
मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको रहेका छन् ।
उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी गम्भीर घाइते भएकी छन्।
बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।