मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते

ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनो ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटना मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १८:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया