सप्तरीमा पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

सप्तरीको एक इँटा भट्टाको पर्खालभत्किँदा भट्टामा काम गर्ने एक भारतीय मजदुरको मृत्यु भएको छ ।

रूपनी गाउपालिका २ स्थित पिपराहीको जेएसआर इँटा उद्योगको मंगलवार पर्खाल भत्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । दुईजना मजदुर गम्भीर घाइते भएका छन् ।

बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको हो । 

पर्खालले चेपिएर गम्भीर घाइते भएका मजदुरको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिइका छन् ।

घट्नामा मृतककी २८ वर्षीया पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षीय जनमालरुलहक घाइते भएका छन् । दुवैजनाको अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सिंहको भनाइ छ ।





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १८:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया