प्रधानमन्त्री कप फुटबल : भुटानविरुद्ध नेपाल १-०ले पछाडि

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाल १-० ले पछि परेको छ ।

काठमाडौंको दशरथ रंगशालमा खेलको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै  टिमलाई अग्रता दिलाएका हुन् । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् ।

खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै भरत खवासको ठाउँमा अञ्जनलाई स्टार्टिङ लाइन अपमै मैदान उतारेका छन् ।

यसअघि लाओससँगको खेल नेपालले २–० ले जितेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।

भुटानसँगको खेलमा बराबरी भए पनि नेपाल फाइनलमा पुग्ने छ ।



भुटानलाई भने फाइनलमा पुग्नका लागि नेपालसँगको खेल २ गोल भन्दा बढीको अन्तरले जित्नुपर्नेछ ।



  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १८:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया