सवा ५ लाखले एसईई दिँदै, छात्राभन्दा छात्रको संख्या बढी
फाइल तस्बिर

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु हुँदैछ । यसपालि परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदैछन् । 

एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार तीमध्ये १४ जना जापानबाट एसईईमा सहभागी हुन लागेका हुन् । ५च लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र कायम गरिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । 

जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १०:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया