चार एआईजीको पदस्थापन, को कहाँ ?
फरकधार / १५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाल प्रहरीका चारजना अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन भएको छ । दुई साताअघि डीआईजीबाट एआईजीमा बढुवा भएका उनीहरूको पदस्थापन भएको हो ।  



उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड श्यामलाल ज्ञवाली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यले पाएका छन् ।



त्यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको जिम्मेवारी दीपक थापालाई दिइएको छ । 



मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनीहरूको पदस्थापन गरेको हो ।  







  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १४:५०:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया