चितवन–२ मा जितनारायणलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी
फाइल तस्बिर

सत्ता गठबन्धनबाट चितवन– २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

कांग्रेसले श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेपनि बिहीबार विहान पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने छ । 

गत चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएर संसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

त्यहाँ आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको भए पनि श्रेष्ठलाई उम्मेदवार बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १५:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया