जसपाबाट बारा २ मा उपेन्द्र यादवको नाम सिफारिस

जनता समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । अध्यक्ष यादव  यसअघिको चुनावमा सप्तरी २ बाट पराजित भएका थिए । 

सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । बारा २ बाट विजय रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । 

सो पार्टीको बारा क्षेत्र नम्बर २ क्षेत्रीय समितिले सो क्षेत्रको उपनिर्वाचनमा अध्यक्ष यादवको नाम सिफारिस गरेको हो ।

वैशाख १० गते हुन लागेको उपनिर्वाचन प्रयोजनका लागि आयोजना गरिएको क्षेत्रीय भेलाले पार्टीको  विधानअनुसार सर्वसम्मतिले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको हो । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार २१:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया