नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि हाल तनहुँ–१ रिक्त छ ।
आगामी उपनिर्वाचन १० वैशाखमा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।