राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला तीन सांसद लिएर संसद छिर्ने दाबी गरेका छन् । बिहीबार बेलुकी सामाजिक सञ्जालमार्फत उनले अब स्वर्णिम दिनहरु आउने र यो देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’
बिहीबार मात्रै अर्थशास्त्री डा. स्वर्णिम वाग्ले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ बाट आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सांसदको उम्मेदवार बनाउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।