महोत्तरीको एक परीक्षा केन्द्रमा खटिएका असईको मृत्यु
सांकेतिक तस्विर

महोत्तरीको एक परीक्षा केन्द्रको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । जिल्लाको बलवा नगरपालिका वडा नम्बर–१० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो । 

परीक्षा केन्द्रको सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो । 

उनको उपचारको क्रममा बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । रौतहटको गौर नगरपालिका वडा नम्बर–२ स्थायी घर भएका असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १७:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया