आज पनि चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना
फरकधार / १८ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । 



आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  









  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार ६:५०:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया