लिभरपुलमाथि म्यानचेस्टर सिटीको ४–१ को शानदार जित

म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जित हासिल गरेको छ । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ ।

यो सिजन ४२ गोल गरिसकेका स्टार स्ट्राइकर अर्लिङ हालान्डबिना मैदानमा उत्रेको सिटी खेलको १७ औँ मिनेटमा मोहमद शालाहको गोलमा पछि परेको थियो । 

सिटीविरुद्ध १८ खेलमा उनको यो ११ औँ गोल थियो । तर, जुलियन अल्भारेजले खेलको २७औँ मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवातमा नै केभिन डी ब्रुयनाले सिटीलाई अग्रता दिलाए । लगत्तै इल्के गुन्डोगानले सिटीको अग्रता फराकिलो बनाए । खेलको ७४औँ मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । 

२८ खेलबाट सिटीको ६४ अंक रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलको ६९ अंक छ । लिभरपुल भने ४२ अंकसहित छैटौँ स्थानमा सीमित रहेको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार १९:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया