\
कञ्चनपुरबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका१० बस्ने १८ प्रविन भन्ने ओमप्रकाश ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।