जसपाले सच्यायो कोशी प्रदेशको नाम

जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशको नाम सच्याएको छ । 

१ चैत २०७९ मा जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याएको हो ।

आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कलमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएका छन् ।  

गत १४ फागुनमा पार्टीले प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचितरूपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको पनि अध्यक्ष यादवले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १३:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया