चितवन–२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएका बताइएको छ । 

त्यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।   

गत ४ मंसिरमा भएको निर्वाचनमा लामिछाने भारी मतान्तरले विजयी भएका थिए । नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालत फैसलापछि लामिछाने पदमुक्त भएपछि चितवन–२ मा १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।  

त्यस्तै, १० वैशाखमै तनहुँ–१ र बारा–२ मा पनि उपनिर्वाचन हुन लागेको छ । 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार ११:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया