मेरो राहदानी र नागरिकता विवाद टुंगिसक्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति तथा चितवन–२ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद टुंगिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको उपनिर्वाचनका चितवन–२ मा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले न्यायिक प्रक्रियाबाट सबै विवाद टुंगो टुंगिसकेको बताएका हुन् ।   

लामिछानेले सन् २०१८ मा नै अमेरिकी नागरिकता त्यागिसकेको र त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा पनि उल्लेख रहेको बताउँदै समस्या नआउने बताए ।

‘सिध्याउने नै नियत राखेर भएभरका शक्ति लागे भने बेग्लै कुरा भयो,’ लामिछानेले भने । उनले आफ्नै पार्टीको विचार, नीति र सिद्धान्तको बलमा चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने पनि बताए । 

आसन्न उपनिर्वाचन चितवन–२ सहित तीन क्षेत्रमा १० वैशाखमा हुँदैछ । निर्वाचन आयोगले आजका लागि मनोनयन दर्ता गर्ने समय दिएको छ ।      
 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १२:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया