उपनिर्वाचन : तनहुँ १ मा नाै दलको उम्मेदवारी

वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा नाैजनाको उम्मेदवारी परेको छ । 

सोमबारको उम्मेदवारी मनोनयनकाे समयमा नाैजनाको उम्मेदवारी परेको निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।नाैजनै उम्मेदवार दलका उम्मेदवार हुन् । केही पनि स्वतन्त्र उम्मेदवार छैनन् । 

साे क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा र नेकपा (समाजवादी)बाट गणेश श्रेष्ठ उम्मेदवार छन् ।   

त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, नागरिक उन्मुक्तिका भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् ।
 
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रकाे सांसद पद रिक्त भएकाे हाे । जहाँ वैशाख १० गते उपनिर्वाचन हुँदै छ । 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १८:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया