बसको ठक्करबाट युवकको मृत्यु भएपछि अछाममा चार दिनदेखि सडक अवरुद्ध

अछाममा तीनदेखिको सवारी बन्दले यात्रु समस्यामा परेका छन् । १९ चैतमा साँफेबगर नगरपालिका–७ रिडिकोटको वडा कार्यालय नजिकै बसको ठक्करबाट २६ वर्षीय हेमराज कुँवरको मृत्यु भएपछि आफन्तले चार दिनदेखि सडकसहित बजार ठप्प पारेका छन् ।

बसको ठक्करबाट घाइते भएका कुँवरको यही २४ चैतमा काठमाडौंमा मृत्यु भएको थियो । उनको मृत्यपछि आफन्तले सडक अवरुद्ध गर्दै आएका छन् । सडक अवरुद्धका कारण धनगढीबाट विभिन्न ठाउँमा जाने अछामको चौखुट्टेमा अलपत्र परेका छन् ।

अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर लगायतका स्थानमा जाने सवारीसाधन बन्द भएका छन् । तराईबाट अछाम र बाजुरा जाने लामो दूरीका सवारी साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् ।  

कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारबाही र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनुपर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि यात्रु समस्यामा परेका हुन् । धनगढीबाट बाजुरा जाने यात्रु अछामको चौखुट्टेमा अलपत्र परेको बाजुराका कर्णबहादुर महतले बताए । 

‘धनगढीबाट आएको २ दिन भयो चौखुट्टेमा सयौं जना यात्रु अलपत्र छौँ । गाडी खुल्ने नखुल्ने अत्तोपत्तो छैन,’ उनले भने । साँफेबगर क्षेत्रमा चल्ने जिप, अटोरिक्सालगायतका साना सवारी पनि ठप्प अवस्था रहेका छन् ।

सडक सञ्चालनका  लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भइरहेको जानकारी दिए  ।





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार १३:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया