बायर्नविरुद्ध सिटीको सानदार जित

युइएफए च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३–० ले हराएको छ ।  

घरेलु मैदान इतिहाद स्टेडियममा गएराति सम्पन्न खेलमा सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र एर्लिंङ हालान्डले एक/एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ७० औँ मिनेटमा सिल्भाको गोलमा सिटीले २–० को अग्रता पायो । खेलको ७६ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ३–० को सानदार जित दिलाए ।  

योसँगै उनले जारी सिजनमा ३९ खेलमा ४५ गोल पूरा गरेका छन् । जितपछि सिटीले म्युनिखलाई पहिलो लिगमा ३–० को अग्रता बनाएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  

अब क्वाटरफाइनलको दोस्रो लेग म्युनिखको घरेलु मैदानमा २० अप्रिलमा हुनेछ । गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले वेन्फिकालाई २–० ले हरायो । 





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार ६:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया