हालान्डको २ गोलमा सिटीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–० ले हराएको छ । गएराति  सम्पन्न खेलमा म्यानचेस्टरको जितमा एर्लिङ हालान्डले दुई गोल गरे । 

त्यस्तै, जोन स्टोन्सको नाममा एक गोल रह्यो । लेस्टरका केलिची इहानाचोले एक गोल फर्काए । योसँगै सिटीले ३० खेलमा ७० अंक जोडेको छ । ऊ दोस्रो स्थानमा रहेको छ । लेस्टर २५ अंकका साथ १९ औँ स्थानमा रहेको छ । 

गएराति नै भएको खेलमा ब्राइटनले चेल्सीलाई २–१, बर्नेमाउथले टोटेनहमलाई ३–२ हरायो ।

त्यस्तै, उल्भ्सले ब्रेन्टफोर्डविरुद्ध २–०, क्रिस्टल प्यालेसले साउथह्याम्पटनविरुद्ध २–० र फुलहमले एभर्टनविरुद्ध ३–१ को जित निकाले ।  
 





  • प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार ६:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया