रवि लामिछानेका निजी चालक थापालाई थप उपचारका लागि मेडिसिटी ल्याइयाे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापा (शम्भु)लाई थप उपचारका लागि ललितपुरकाे मेडिसिटी अस्पतालमा ल्याइएको छ । थापा सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनकाे टाउकाे र गाेडामा गम्भीर चाेट लागेकाे छ । 

पुरानो मेडिकल कलेज भरतपुरकाे सघन उपचार कक्षमा  ३६ घण्टासम्म गरिएको उपचारपछि हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिएका छन् । बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्सक र आफन्तको सरसल्लाहमा उनलाइ हेलिकाेप्टर मेडिसिटी अस्पतालमा ल्याइएको हाे । 

रास्वपाका सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस सम्वेदनशील घडीमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भीर स्वास्थ्य स्थितिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पूर्ण मेडिकल कलेज परिवारप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।' 

साथै उनले यस दौरान शम्भुको शीघ्र स्वास्थ्य लाभका लागि मानसिक, भौतिक तथा भावनात्मक सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् । 

'प्रिय भाइ, हामी दुवैलाई हार्ने छुट छैन,' लामिछानेले लेखेका छन्, 'यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक-एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क मेरो भाइ। CoMS अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन्।'





  • प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार १९:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया