प्रदेश प्रमुख मिश्रसमक्ष महालेखाको वार्षिक प्रतिवेदन पेस

महालेखापरीक्षकको कार्यालयले प्रदेशको आर्थिक वर्ष २०७८/७९ को पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेस गरेकाे छ । 

नेपालको संविधानको धारा २४१ बमोजिम प्रदेशको लेखापरीक्षण सम्पन्न गरी धारा २९४ को उपधारा (३) बमोजिम महालेखापरीक्षकबाट तयार गरिएको पाँचौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मिश्रसमक्ष पेस गरिएको हो ।

प्रदेश प्रमुख मिश्रले प्रतिवेदन ग्रहण गर्दै साधन स्रोतको अधिकतम उपयोग गरी बेरुजु घटाउन महालेखापरीक्षकको कार्यालयले थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । 
उनले वर्तमान अवस्थामा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै आम्दानी सम्बन्धमा स्पष्ट उल्लेख गर्नुपर्ने धारणा राखे । प्रदेश प्रमुख मिश्रले प्राप्त प्रतिवेदन मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे । 

नायव महालेखापरीक्षक रवीन्द्र प्रसाद देवकोटाले प्रदेश वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सबल बनाउन अनुगमन, मूल्यांकन, जिम्मेवारी तथा जवाफदेहिता पालना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने सुझाब दिए ।

महालेखापरीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरुजू २.६९ प्रतिशत रहेको छ । यस प्रदेशका १४८ कार्यालय/संस्थाको ४३ अर्ब १० करोड ४३ लाखको लेखापरीक्षण भएकोमा १ अर्ब १६ करोड ३३ लाख बेरुजु देखिएको हो ।





  • प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार १८:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया