सन्दीपविरुद्धको मुद्दा अन्तिम फैसलाका लागि सोमबार पेसी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बुधबार वकपत्र सकिएको छ। बुधबार नाबालिगको स्वास्थ्य परीक्षण गर्ने डाक्टर र अन्यको वकपत्र सकिएको हो। 

अन्तिम फैसलाका लागि सोमबार पेसी तोकिएको छ। बुधबार वकपत्र सकिएको र सोमबार अन्तिम फैसलाका लागि पेसी राखिएको सन्दीपका वकिलले जानकारी दिएका हुन् । 

नाबालिकालाई बलात्कारको आरोप लागेका सन्दीप केही महिना प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएका हुन् । 

बलात्कारको आरोपपछि लामिछानेलाई क्यानले नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बित गरेको थियो । 





  • प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार २२:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया