भ्रष्टाचारको फाइल खोल्छु भनेपछि षड्यन्त्र गरेर मलाई गृहमन्त्रीबाट हटाइयाे : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको न्यायका लागि चितवन आएको बताएका छन् । बिहीबार चितवनकाे अन्तिम चुनावी सभालाई सम्बाेधन गर्दै उनले आफूलाई षड्यन्त्र गरेर गृहमन्त्रीबाट हटाएको दाबी गरे ।

गृहमन्त्रीका रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र भएकाे उनकाे दाबी छ । 'मैले गृहमन्त्रीका रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षड्यन्त्र भएको हो, लामिछानेले भने, 'तपाईंहरूले पाँच वर्षका लागि बत्ती बालिदिनुभएको थियो। पाँच महिनामै निभ्न पुग्यो । अब फेरि बत्ती बालिदिनुहोला ।'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूभित्रको हरिलाई सोध्नुहोला भनेर मतदाताको भावनामा खेल्न खोजेको भन्दै लामिछानेले गगनलाई त्यही भनाइ उत्तर फर्काए । 

बुधबार कांग्रेस महामन्त्री थापाले पार्टीका कार्यकर्ताले आफ्नै चुनाव चिह्नमा मतदान गर्नुपर्ने बताउँदै दुनियाँलाई ढाँटे पनि आफूभित्रको हरिलाई सम्झन आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १९:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया