एसिसी प्रिमियर कप
ओमानविरुद्ध नेपाललाई ब्याटिङको निम्तो, प्लेइङ–११ मा एक परिवर्तन

एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । समूह ‘ए’ मा रहेका नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा ९ बजेदेखि सुरु हुँदैछ ।  

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । ओमानविरुद्ध नेपालले गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो ।  

नेपालका लागि यो ५० औँ ओडिआई खेल हो । नेपालले पहिलो ओडिआई खेल १ अगस्ट २०१८ मा घरेलु मैदानमा नेदरल्याण्ड्ससँग खेलेको थियो ।  

महत्वपूर्ण खेल आफ्नो पक्षमा पार्दै नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । ओमान पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले अघिल्लो खेलमा कतारलाई ४० रनले हराएको थियो । 

नेपालले अभ्यास खेलमा ओमानविरुद्ध ५ विकेटको जित निकालेको थियो । शुक्रबार पनि नेपाल ओमानविरुद्ध सोही लय दोहोर्याउन चाहन्छ । हेड टु हेडको कुरा गर्दा एकदिवसीय मान्यता प्राप्तपछि नेपालले ओमानसँग ६ खेल खेलेको छ । जसमा नेपालले २ मा जित र ४ खेलमा हारको सामना गरेको छ । 

विगतमा खराब प्रदर्शन गरे पनि पछिल्लो समय भने नेपालले ओमानलाई हराइरहेको छ । अन्तिमपटक गत वर्षको जुनमा भएको खेलमा नेपालले ओमानविरुद्ध ७ विकेटको जित निकालेको थियो । 



घरेलु मैदानमा खेल्न लागेकाले यसपटक पनि नेपाललाई ओमानविरुद्ध जित हात निकाल्ने सुनौलो मौका छ । यद्यपि नेपाली भूमिमा ओमानको विगत प्रदर्शन पनि राम्रो छ ।  

जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, ओमानसहित कतार, मलेसिया र साउदी तथा समूह ‘बी’ मा हङकङ, यूएई, कुवेत, बहराइन र सिंगापुर रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् । विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।  



नेपालको प्लेइङ– ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल,  रोहित पौडेल (कप्तान), ​आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी । 

  • प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार ८:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया