डुम्रे बेँसीसहर सडक : एक महिनासम्म उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको  छ । सो सडकखण्डको देउराली डाँडामा सडक मर्मतका लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

‘सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ,’ उनले भने । सडक निर्माणअन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । 

सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइएको उनको भनाइ छ । 

यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायीरूपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटकपटक सडक अवरुद्ध हुने मात्र नभइ ज्यानै जोखिममा रहँदै यात्रु यात्रा गर्न बाध्य थिए ।

उदिपुरमा पहिराले सडक भत्किएसँगै २०७८ भदौदेखि नै यात्रुले सास्ती भोग्दै आएका छन् । सोही पहिरोका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो । 

त्यस्तै, यस सडकखण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोउन्नति गरेको छ । सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको १० लाख रुपैयाँमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ । रासस  





  • प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार ११:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया