महारेजको ह्याट्रिकमा सिटी एफए कपको फाइनलमा

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदै सिटी फाइनलमा प्रवेश गरेको हो ।  

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा सिटीको जितमा रियाद महारेजले ह्याट्रिक गरे । ४३ औँ मिनेटमा महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।  

खेलको ६१ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० ले अघि बढाए । ६६ औँ मिनेटमा महारेजले ह्याट्रिक पूरा गर्दै सिटीलाई ३–० को सानदारका जित साथ फाइनलमा पुर्याए । 

अब सिटीले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र ब्राइटन होव अल्वियोनबीचको विजेताको सानमा गर्नेछ । फाइनल खेल ३ जुनमा हुनेछ ।  
 





  • प्रकाशित मिति : बैशाख १०, २०८० आइतबार ६:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया