नयाँ किरण माविको मतदान रोकिएपछि रविले भने- योजनाबद्ध धकेलाधकेल गरे, साथीहरूकाे मोबाइल फालिदिए
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले आफू मतदानस्थल अवलोकन गर्नेक्रममा अन्य दलका कार्यकर्ताले योजनाबद्ध तनाव सिर्जना गरेको बताएका छन् ।

भरतपुर–११ को नयाँ किरण माविको मतदान कार्य रोकिएपछि उनले यस्तो बताएका हुन् ।

‘म जाँदाखेरी आमनागरिकहरूले केही स्वागत गर्नुभयो, हाइहाइ भन्ने सामान्य प्रक्रिया चलिरहेको थियो । गत निर्वाचनमा योभन्दा बढी भएको थियो । हामीले बारम्बार भनेका थियौँ– नगर्नुहोस् हैं नाराबाजी भनेर,’ रविले भनेका छन्, ‘त्यस्तो सामान्य विषयलाई हामीले कन्ट्रोल गरिरहँदाखेरी पनि गेटमै बसेर पहिले नै तयारी भएर धकेलाधकेल गर्ने, हाम्रा साथीहरूकाे मोबाइल फालिदिनेजस्ता दृश्यहरू देखिएको छ । म यस विषयमा केही पनि भन्न चाहन्नँ । म पछाडि फर्किन तयार छु । तर, यसलाई नेपाली जनताले नोटिस गरेका छन् ।’

उनले शान्तिपूर्ण तरिकाले मतदान गर्न पनि आग्रह गरेका छन् । लामिछानेले अन्य दलहरूलाई आफ्ना नेताकार्यकर्तालाई सम्झाउन पनि आग्रह गरे । 

‘विनम्रपूर्वक भएर भन्छु शान्तिपूर्ण तरिकाले मतदान गर्नुहोला, सबै सहभागी हुनुहोला । म अन्य दलहरूलाई पनि भन्छु आफ्ना कार्यकर्तालाई सम्झाउनुहोस्, शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहोस्,’ लामिछानेले भनेका छन् ।

मतदान केन्द्रमा लामिछाने प्रवेशलगत्तै उनका समर्थकले नाराबाजी गरेका थिए । लगत्तै अन्य दलका कार्यकर्ताले प्रतिरोध गर्दै विरोध जनाए । त्यसपछि दुवै पक्षका कार्यकर्ताबीच धकेलाधकेल भयो । अहिले नयाँ किरण माविको मतदान कार्य रोकिएको छ ।   



रोकिएको मतदान सुचारु गर्न छलफल भइरहेको छ । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए । 



  • प्रकाशित मिति : बैशाख १०, २०८० आइतबार १४:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया