तनहुँ-१ : आठ वडाको मतगणना सकियो, सबैभन्दा बढी मत स्वर्णिमको पक्षमा

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।   

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकोमा आज बिहान साढे ८ बजेसम्मको नतिजाअनुसार डा. वाग्लेले अग्रता कायमै राखेका हुन् । हालसम्म ८ वडाको मतपरिणाम सम्पन्न हुँदा उनले ७ हजार २ सय ९३ प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले १ हजार ६५, कांग्रेसका भट्टराईले २ सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरे । 

आँबुखैरेनी–२ मा १ हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ८१, कांग्रेसका भट्टराईले ३ सय ३६ र एमालेका खनालले १ सय ८ मत पाए । भानु–३ मा १ हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले ७ सय १६, कांग्रेसका भट्टराईले ४ सय १८ र एमालेका खनालले ३ सय ५१ मत ल्याए ।

भानु–७ मा १ हजार २ सय ८१ मत खसेकोमा रास्वपाका वाग्लेले ६ सय ५५, कांग्रेसका भट्टराईले ३ सय १२ र नएमालेका खनालले २ सय ७० मत प्राप्त गरे । भानु–८ मा १ हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ५६, कांग्रेसका भट्टराईले ४ सय ५८ र एमालेका खनालले ४ सय ३७ मत प्राप्त गरेका निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । 



भानु–१० मा १ हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ४६, कांग्रेसका भट्टराईले ५ सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गरे । भानु–४ मा १ हजार ६ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले ७ सय ५९, कांग्रेसका भट्टराईले ४ सय ८२ र एमालेका खनालले ३ सय ९४ मत ल्याए ।

आँबुखैरेनी–३ मा २ हजार  १ सय ७३ मत खसेकोमा रास्वपाका वाग्लेले १ हजार ५ सय १५, कांग्रेसका भट्टराईले ४ सय एक र एमालेका खनालले १ सय १९ मत प्राप्त गरेका निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । 



तनहुँ–१ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा जारी छ ।

  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार ८:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया