सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । काठमाडौं जिल्ला अदालतमा हुन लागेको उनको मुद्दालाई आज पेसीमा राखिएको हो । 

चिकित्सकसहित दुईजना सरकारी साक्षीको वकपत्र सम्पन्न भएसँगै अदालतले लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न लागेको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकेको छैन ।  
 
आज न्यायाधीशले अन्य प्रमाण पेस गर्न आदेश नादिएमा अन्तिम सुनुवाइ आजै सुरु हुने लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । अन्तिम सुनुवाइ आज सकिएमा आजै फैसला पनि आउने सम्भावना छ ।

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोग छ । उनले गत  वर्षको ५ भदौमा सिनामंगलस्थित एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।  
 





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार ९:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया