प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बरको अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार ११८ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१३ मत ल्याएका छन् ।
उनी र वाग्लेबीचको मतान्तर ४ हजार ९८५ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेका छन् ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको त्यहाँ उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ ।
विभिन्न ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ–१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।