सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी

नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा साेमबार अन्तिम सुनुवाइ जारी छ । न्यायाधीश दीपक ढकालकाे इजलाशमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे । 

उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा ०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । सन्दीप असोज २० मा जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका सन्दीप पुस २८ मा उच्च अदालतकाे  आदेशबाट २० लाख धरौटीमा सशर्त रिहा भएका थिए । 

उच्च अदालतको आदेशविरुद्ध सन्दीपको निवेदनमा फागुन १५ मा सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो । विदेश जाने अनुमतिसँगै सर्वोच्चले उनको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश गरेको थियो । 





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १५:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया