चितवन–२ मा फराकिलो जित नजिक रवि, श्रेष्ठ साढे ३२ हजार मतले पछाडि

गत आइतबार भएको उपनिर्वाचनको मतगणनामा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने फराकिलो अग्रताका साथ जित नजिक पुगेका छन् ।  

आज बिहानसम्म गणना भएको लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ निकै पछाडि छन् । 

उनले ७ हजार ४५६ मत प्राप्त गरेका छन् । लामिछाने श्रेष्ठभन्दा ३२ हजार मतले अगाडि छन् । त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत प्राप्त गरेका छन् । 

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन–२ को उपनिर्वाचनमा ७८ हजार २७७ मत अर्थात् ६२.७७ मत खसेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा त्यहाँ ६७.६३ प्रतिशत मत खसेको थियो ।  





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार ६:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया