बारा-२ मा शिवचन्द्रसँग उपेन्द्रले बढाए मतान्तर

बारा क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । 

आज बिहानसम्मको मतगणनामा उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ३ हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन् । पछिल्लो परिणामअनुसार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन् । उनीहरूबीच ३ हजार ९९ मतान्तर छ । 

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेल ३ हजार ७ सय मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत पाएका छन् । 

आम जनता पार्टीका अरुण ज्ञवालीले ५ सय ८७ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार ६:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया