जित निश्चितपछि रविले भने- सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे समीक्षा हुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ बाट निर्वाचित हुने पक्का भएसँगै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका हुन् ।  

‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ, त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावना नै छैन,’ लामिछानेले भने । 

सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको उल्लेख गर्दै उनले काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने पनि बताए ।  
 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १०:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया