रविले कटाए ५० हजार मत, ४ मंसिरभन्दा बढी मतान्तरले विजयी हुने पक्का

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन् । झन्डै ७० हजार मत गन्दा उनले ५० हजार २९ भोट प्राप्त गरेका हुन् । 

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् । उनीभन्दा लामिछाने ४० हजार ८६४ मतले अगाडि छन् । 

जित पक्का गरेका लामिछाने यसपटक ४ मंसिरको निर्वाचनभन्दा बढी मतान्तरले विजयी हुने निश्चित छ । सो निर्वाचनमा उनी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले हराउँदै विजयी भएका थिए ।  

गत ४ मंसिरको चुनावमा लामिछानेले ४९ हजार २६१ मत ल्याएका थिए । उनले यसपटक कम मत खसे पनि अघिल्लोभन्दा बढी मत ल्याइसकेका छन् ।​

कांग्रेसका उम्मेदवारले यसपटक ४ मंसिरको चुनावमा पाएको जति भोट ल्याउने सम्भावना पनि कम छ । गत निर्वाचनमा कांग्रेसका श्रेष्ठले १५ हजार ९१ मत प्राप्त गरेका थिए ।       

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन–२ को उपनिर्वाचनमा ७८ हजार २७७ मत अर्थात् ६२.७७ मत खसेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा त्यहाँ ६७.६३ प्रतिशत मत खसेको थियो ।   





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार ११:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया