चौतर्फी प्रहार र लाञ्छनाको जवाफ जनताले दिए : रवि लामिछाने
फाइल तस्बिर

चितवन- २ मा फराकिलो मतान्तरले विजयी भए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छनाको जवाफ जनताले दिएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिँदै लेखेका छन्, ‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन- २ का मतदाताले दिनुभएको छ । व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिस्पर्धी दल/उम्मेदवार र तिनका नेता-कार्यकर्ता समक्ष आग्रह गर्दछु ।’

‘जिम्मेवारी थपिएको जनाउँदै उनले लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहने उल्लेख गरेका छन् । दलिए प्रतिस्पर्धा । तर, विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि । लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहनेछु’, उनले लेखेका छन्, ‘जनप्रतिनिधिका रूपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै रहेन छैन ।’  





  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार १०:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया