रवि लामिछानेका गाडीचालक थापा ‘कोमा’मा

तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका गाडीचालक दिलबहादुर थापा (शम्भु) ‘कोमा’मा गएका छन्।

चुनावी अभियानका क्रममा यही वैशाख ४ गते भरतपुर महानगरपालिका–११ स्थित तीनतले घरमा सुतेका उनी बिहान छतबाट खसेर गम्भीर घाइते भएका थिए। 

उनलाई थप उपचारका लागि यही वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो। त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा रहेको अस्पताल स्रोतले जनाएकाे छ । उनकाे उपचार जारी रहे पनि सुधार हुन नसकेको र कोमामा गएकाले केही भन्न सकिने अवस्था नरहेकाे अस्पतालकाे भनाइ छ । 

घटना अनुसन्धानका लागि प्रहरीले शम्भुसँगै सुतेका रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारीचालक कालुप्रसाद राजवंशीलाई नियन्त्रणमा लिएको छ।





  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार १५:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया