जापानी कम्पनीले चन्द्रमामा पठाएकाे ल्यान्डर रोबाेट सम्पर्कविहीन

जापानकाे एक कम्पनीले चन्द्रमामा पठाएकाे ल्यान्डर रोबाेट सम्पर्कविहीन भएको छ । 

टोकियोस्थित 'आइस्पेस' नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो । यस विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

'हाकुतो-आर' नाम दिइएको उक्त ल्यान्डर मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो । सो ल्यान्डर चन्द्रमाको सतहबाट २९५ फिट आएपछि तल छोएको देखिएको कम्पनीले जनाएको छ । 

यो ल्यान्डर २ मिटर अग्लो र ३४० किलोग्राम तौलको थियो, जुन चन्द्रमाको अन्तरिक्ष यान मापदण्ड अनुसार तुलनात्मक रूपमा सानो र कम्प्याक्ट थियो ।

चन्द्रमाको उत्तरी गोलार्द्धमा अवतरण साइटमा पुगेपछि चन्द्रमाको माटो, यसको भू-विज्ञान र वायुमण्डलको विश्लेषण गर्न 'हाकुताे-आर' त्यहाँ प्रक्षेपण गरिएको थियो ।

हाल अमेरिका, रुस र चीन मात्र चन्द्रमाको सतहमा रोबोट राख्न सफल भएका छन् । यसमा जापानले चालेको यो कदमलाई ऐतिहासिक मानिएको छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार १९:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया