\
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुख गुरुङले मंगलबार सरकार गठनका लागि आह्वान गरेका थिए। ३ दिनको म्याद दिएर गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका गरेका हुन्।
नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरेर ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन्।
धारा २ मा प्रदेशसभामा कुनै एक दलको प्रष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।
सोही धाराअनुसार यसअगाडि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। उनी पुस २५ गते मुख्यमन्त्री बनेका थिए।
माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते सरकार ढल्यो।
केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।