फखरको शतकमा न्युजिल्याण्डविरुद्ध पाकिस्तानको सानदार जित

न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली पाकिस्तान ५ विकेटले विजयी भएको छ । गएराति भएको खेलमा न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पाकिस्तानले ४८.३ अ‍ोभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि फखर जमानले शतकीय पारी खेले । ११४ बलको सामना गरेका फखरले १३ चौका र १ छक्कासहित ११७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो नवौँ शतक हो । यस्तै, इमाम–उल–हकले ६०, कप्तान बाबर आजमले ४९ र विकेटकिपर मोहम्मद रिजवानले अविजित ४२ रनको इनिङ खेले ।

न्युजिल्याण्डका लागि एडम मिल्नेले २, इश सोढी, सचिन रवीन्द्र र ब्लेयर टिकनरले समान १ विकेट हात पारे । त्यसअघि रावलपिण्डी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८८ रन बनायो ।

उसका लागि अलराउन्डर डारियल मिचेलले शतक बनाए । ११५ बल खेलेका उनले ११ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ११३ रन बनाए । एकदिवसीयमा मिचेलको यो दोस्रो शतक हो । यस्तै, विल योङले ८८, कप्तान टम लाथम, हेनरी निकोल्स (अविजित) ले २०/२०, चाड बोव्सले १८ र मार्क च्यापमेनले १५ रन जोडे ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी, नसीम शाह, हरिस रौफले २/२ र शादब खानले १ विकेट लिए । यो जितसँगै पाँच खेलको श्रृंखलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । पाकिस्तान–न्युजिल्याण्डबीचको दोस्रो एकदिवसीय शनिबार हुनेछ । 





  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार ७:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया