अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति बनाउन माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा आन्दोलन सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि आन्दोलन सुरु भएको हो । उनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेको लागि केही नगरेकाले दबाबस्वरूप आन्दोलन गर्नु परेको बताए ।  

पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जोगाउनका लागि आन्दोलन गर्नुपरेको उल्लेख गरे । उनले नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने बताए । 

पुनले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरूलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । 

तस्बिरमा सरकारविरुद्ध पुन नेतृत्वमा आन्दोलन :





 

  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार ११:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया