शपथपछि रवि लामिछानेले भने- सरकारमा सहभागीभन्दा समर्थन फिर्ता लिने सम्भावना बढी छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएको छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभा कानुन समितिको हलमा सांसद पदको शपथग्रहण पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारमा जाने कुरामा अहिले केही नसोचेको बताएका हुन् ।

‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन । समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ । शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौँ,’ लामिछानेले भने । 

उनले सरकारमा जानेभन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी रहेको पनि बताए ।

‘त्यस्तो सम्भावना बढी देखिन्छ । सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ लामिछानेले भने । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन कुराकानी भए पनि सरकारको विषयमा भने छलफल नभएको पनि बताए ।     
 





  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार १२:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया