\
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले आजदेखि भ्वाइस र डाटा प्याकेजमा अफर ल्याएको हो ।
यो अफर यही १९ वैशाखसम्म लागू हुनेछ । अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १ सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जिबी डाटा, २ सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र २ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र सम्बृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस यही १९ वैशाख मा मनाइँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।