\
नेपाल टेलिकमले आफ्ना विभिन्न शाखामा भ्याकेन्सी खोलिएको समाचार झुटो भएको जनाएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा टेलिकममा भ्याकेन्सी खोलिएको विज्ञापन तथा प्रचार आएकाे थियाे ।
टेलिकमले आइतबार एक सूचना जारी गर्दै कम्पनीका पदाधिकारीका नाम समेत जोडेर फेसबुक ग्रुप, मेसेन्जर तथा ह्वाट्सएपलगायत माध्यममा गलत सूचना प्रवाह भइरहेको जनाउँदै सचेत रहन आग्रह गरेको हो ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्र आधार मानेर कम्पनीका जानकारीबारेमा अद्यावधिक हुन समेत अनुरोध गरिएको छ । हाल नेपाल टेलिकमले कुनै पनि ग्रुप वा सामाजिक सञ्जालमार्फत भ्याकेन्सी नखुलाएको जानकारी गराएको हाे ।
टेलिकमको सूचनामा भनिएको छ,'कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक पत्रिका तथा कम्पनीको वेबसाइटमा मात्रै सार्वजनिक गर्ने गरेको जानकारी पनि गराइन्छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।